आन्दोलनकारी शिक्षकले माधव–झलनाथलाई फकाईदिए

काठमाडौं, वैशाख १५ : ऐक्यबद्धता जनाउन पुगेका नेकपा एकीकृत समाजवादीका नेता माधव नेपाल र झलनाथ खनाललाई आन्दोलनकारी शिक्षकहरुले फर्काइदिएका छन्।
सोमबार उक्त पार्टीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालसहितको टोली आन्दोलन स्थलमा पुगेको थियो। शिक्षकहरुले ‘कोही नेता यहाँ आउनु पर्दैन, सक्ने भए संसदमा बोल’ भन्दै नाराबाजी भएपछि नेपाल र खनाल त्यहाँबाट फर्किएका थिए।
नेपाल र खनालले शिक्षक आन्दोलनमा ऐक्यबद्धता मन्तव्य दिने गरी पुगेको जनाइएको छ।
प्रकाशित मिति: १६:१६ बजे, सोमबार, वैशाख १५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार