Kathmandu Press

आउँदो बजेटले आर्थिक क्षेत्रलाई चलायमान बनाउने छ : देउवा

आउँदो बजेटले आर्थिक क्षेत्रलाई चलायमान बनाउने छ : देउवा
फाइल तस्बिर।

काठमाडौं, वैशाख १५ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो बजेटले आर्थिक क्षेत्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरेका छन्। 

नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागले सोमबार आयोजना गरेको कार्यक्रममा देउवाले उक्त भनाई राखेका हुन्। सभापति देउवाले निजी क्षेत्रका समस्या सम्बोधन गर्ने बताए।

बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास देउवाको छ। विभागको कार्यक्रममा  देउवाले भने, ‘आर्थिक वर्ष २०८२/०८३ को बजेटले निजी क्षेत्रले उठाएका सवाललाई सम्बोधन गर्नेछ । यसले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास मलाई छ।’

देउवाले निजी क्षेत्रले नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएको समेत बताए । कांग्रेस निजी क्षेत्रका समस्या समाधान गर्न सधैँ तत्पर रहेको पनि सभापति देउवाले बताए।

निजी क्षेत्र र सरकारबीच सुदृढ कार्य हुन सक्यो भने मात्र अर्थतन्त्र थप बलियो हुँदै जाने भनाई उनको छ। 

देउवाले भने, ‘व्यापारीले व्यापार गर्ने र उद्योगपतिले उद्योग खोल्ने हो ।सरकारले व्यापार र उद्योग गर्ने होइन । निजी संस्थाले गर्नुपर्छ ।’

 

प्रकाशित मिति: १४:२६ बजे, सोमबार, वैशाख १५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्