Kathmandu Press

मन्त्रिपरिषदको बैठक बस्दै

मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं, वैशाख १५ : मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक साँझ साढे ६ बजे बोलाइएको छ ।

बैठकमा सरकारले वैशाख १९ गते ल्याउन लागेको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल हुनसक्ने एक मन्त्रीले बताए।

साथै आन्दोलनरत शिक्षक र चिकित्सकहरुका माग, नयाँ गभर्नर नियुक्ति लगायतका विषयमा छलफल हुनसक्ने ती मन्त्रीले बताए ।

शिक्षकहरु नयाँ शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलनमा छन्। आन्दोलनले सरकारी विदालयमा भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण लगायत सम्पूर्ण शैक्षिक गतिविधि ठप्प भएको छ।

साथै आवासीय चिकित्सकहरु सरकारी सरह भत्ता सुविधा लगायतका माग राखेर आन्दोलनमा छन्। उनीहरुले शुक्रबारदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन्।

प्रकाशित मिति: १४:०४ बजे, सोमबार, वैशाख १५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्