Kathmandu Press

‘सरकार थप जिम्मेवार र संवेदनशिल बन्न जरुरी छ’

‘सरकार थप जिम्मेवार र संवेदनशिल बन्न जरुरी छ’

काठमाडौं, वैशाख १५ : नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले तत्काल सकारात्मक सोचकासाथ शिक्षकहरुको माग सम्बोधन गर्न सरकारसँग माग गरेका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै उनले शिक्षकहरुको शान्तिपूर्ण आन्दोलनमा आइतबार अकस्मात दुबै तर्फबाट बल प्रयोग हुनु अत्यन्तै दुखद् र लज्जास्पद् रहेको बताए।

Hardik ivf

जननिर्वाचित लोकतान्त्रिक सरकार दमन गर्न तर्फ नभई थप संयमित, जिम्मेवार र संवेदनशिल बन्न जरुरी रहेको पनि उनको भनाई छ।

‘गत २७ दिनदेखिको शिक्षकहरुको शान्तिपूर्ण आन्दोलनमा हिजो अकस्मात दुबै तर्फबाट बल प्रयोग हुनु अत्यन्तै दुखद् र लज्जास्पद् छ। जननिर्वाचित लोकतान्त्रिक सरकार थप संयमित, जिम्मेवार र संवेदनशिल बन्न जरुरी छ,’ उनले भने,  ‘सरकार दमन गर्न तर्फ होइन, सकारात्मक सोचकासाथ शिक्षकहरुको माग सम्बोधन गर्न तर्फ अविलम्ब अग्रसर बनोस्।’

 

प्रकाशित मिति: १३:३६ बजे, सोमबार, वैशाख १५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्