Kathmandu Press

‘फेसबुकको कम्पनी मेटालाई बन्द गर्ने चेतावनी लाजमर्दो, समाधानको बाटो खोजियोस्’

‘फेसबुकको कम्पनी मेटालाई बन्द गर्ने चेतावनी लाजमर्दो, समाधानको बाटो खोजियोस्’
Hardik ivf

काठमाडौं, वैशाख १४ः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाहले मेटालाई सात दिनमा दर्ता नभए बन्द गर्ने चेतावनी नदिई समाधानको बाटो खोज्न सरकारलाई आग्रह गरेको छन्। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद शाहले कानुनमा भएका उल्झनलाई समाधान नगरी चेतावनी दिनु लज्जास्पद भएको बताएका हुन्।

उनले भने, ‘हाल फेसबुक बन्द हुने की नहुने भन्ने चर्चा अलिकति धेरै नै व्यापक छ। तर मुख्य कुरा प्रष्ट छ मेटा नेपालमा दर्ता हुनैपर्छ। आज फेसबुक, मेसेन्जर सबै सामाजिक सञ्जाल नेपाली जनताको सञ्चार, चाहना, उद्योग र अभिव्यक्तिको आधार बनेको छ। त्यसैले मेटालाई नेपालमा दर्ता गराउनुपर्छ। विदेशी कम्पनिहरुले नेपालको कानुन र नीतिलाई सम्मान गर्नुपर्छ भन्ने कुरामा कुनै पनि दुईमत छैन। तर हाम्रो  कानुन र नीतिमै उल्झनहरु छन् भने सो को समाधान नगरी चेतावनी मात्रै दिने हो भने त्यो लाजमर्दो हुन्छ। मेटा अन्य देशमा दर्ता भैइरहँदा नेपालमा किन तर्किरहेको छ। यसको गहिरो छानविन होस्। यो मेटासँगको वर्ता केवल कम्पनीसँगको मात्रै वार्ता होइन, यो त सिंगो  नेपालको  डिजिटल भविष्यबारे अन्तर्राष्ट्रय जगतलाई दिने सन्देश हो। त्यसैले सरकारले संयमता, गम्भिरता र कुटनीतिक कौशल प्रदर्शन गरोस्। एकदिन र सात दिनको धम्की शैली त्यागेर दिर्घकालिन सोच र व्यवहारीक उपाय अगाडि सारोस्। डिजिटल युगलाई अपनाउने हो भने युगसँगै  सिक्नुपर्छ  युगलाई तर्साएर होइन।’

साथै उनले सरकारले धम्की दिएर होइन, समाधानको बाटो खोजेर मेटालाई नेपालमा दर्ता गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए। केही दिन अघि सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मेटा ७ दिनभित्र नेपालमा दर्ता नभए बन्द गर्ने चेतावनी दिएका थिए।

प्रकाशित मिति: १५:०२ बजे, आइतबार, वैशाख १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्