Kathmandu Press

सांगठानिक संरचना मिलाउन जसपाको बैठक जारी

काठमाडौं, वैशाख २२ : केही दिनअघि समाजवादी पार्टी र राजपाका मिलेर जनता समाजवादीका नेताहरु संगठनात्मक संरचना कस्तो हुने भन्ने बारे छलफलमा जुटेका छन्।

सांगठानिक संरचना मिलाउन जसपाको बैठक जारी

काठमाडौं, वैशाख २२ : केही दिनअघि समाजवादी पार्टी र राजपाका मिलेर जनता समाजवादीका नेताहरु संगठनात्मक संरचना कस्तो हुने भन्ने बारे छलफलमा जुटेका छन्।

काठमाडौंको बालुवाटारमा बैठक चलिरहेको जसपाका एक नेताले जानकारी दिए। उनले समाजवादीका तर्फबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राईलगायतका नेतहरु र राजपाका तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी लगायतका नेताहरु सहभागी छन्। नवगठित जसपाको सांगठानिक संरचना कस्तो हुने भन्ने विषयमा नै बैठक केन्द्रित हुनेछ।

तत्कालीन समाजवादीमा संघीय परिषद् र केन्द्रीय परिषद् गरी दुई अध्यक्ष थिए भने राजपामा ६ जनाको अध्यक्ष मण्डल थियो। उनीहरुको पार्टीमा बरियता के हुने भन्नेबारे मिलान गर्न बाँकी छ।

प्रकाशित मिति: १६:०० बजे, सोमबार, वैशाख २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्