Kathmandu Press

पूर्वआईजीपी खनालसहित सांसदद्वय बस्नेत र श्रेष्ठले पनि दिए मानवअधिकार आयोगमा उजुरी

काठमाडौं, वैशाख २२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल....

पूर्वआईजीपी खनालसहित सांसदद्वय बस्नेत र श्रेष्ठले पनि दिए मानवअधिकार आयोगमा उजुरी

काठमाडौं, वैशाख २२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्। 

जनता समाजवादी पार्टीका सांसद तथा पूर्वराज्यमन्त्री डा. सुरेन्द्र यादवको  अपहरण गरेको आरोप खेपिरहेका उनीहरुले सोमबार आफूहरु अपहरण नगरेको दाबी गर्दै मानवअधिकार आयोगमा उजुरी दिएका हुन्। आयोगका अध्यक्ष अनुपराज शर्मालाई उजुरी बुझाउँदै उनीहरुले यादवको अपहरण नभएको र आफूहरु निर्दोष रहेको दाबी गरेका हुन्।

उनीहरुले नेपालको संविधानको धारा २४९ को उपधारा २ ९क), २ (ख) र राष्ट्रिय मानवअधिकार  आयोग ऐन, २०६८ को दफा १० बमोजिम मानअधिकारको उल्लंघन भएको, दुरुत्साहन भएकोले सत्यतथ्य छानविन गरी प्रचवलत कानून बमोजिम हदैसम्मको कारबाही गर्न/गराउन सिफारिस गरी पाउँ भन्दै उजुरी दर्ता गराएका छन्। 

जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई र केन्द्रीय सदस्य विश्वदीप पाण्डेलाई साइबर क्राइमअन्तर्गत कारबाही गर्न पनि उनीहरुले माग गरेका छन्। 

यसअघि सांसद यादवले गत वैशाख १८ गते नै आफूलाई नेकपाका सांसदद्वय बस्नेत र श्रेष्ठ तथा पूर्वआइजीपी खनालले महोत्तरीबाट अपहरण गरेर काठमाडौं ल्याएर होटलमा राखेको भन्दै आफ्नो मानव अधिकार रक्षा गरिदिन माग गर्दै आयोगमा उजुरी दिएका थिए।

नेकपा सांसद बस्नेत, श्रेष्ठ र पूर्वआइजीपी खनालले महोत्तरीस्थित घरमै रहेका सांसद यादवलाई वैशाख १० मा काठमाडौं ल्याएका थिए। सांसद यादवले सोमबारमात्रै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा जाहेरी  आफूलाई आपहरण गरिएको भन्दै जाहेरी दर्ता गरेका छन्। 

यसअघि सांसद यादवले सरकारी वकिल कार्यालय र महानगरीय प्रहरी परिसर टेकुमा जाहेरी दिन पुगेपछि दर्ता हुन सकेको थिएन।

प्रकाशित मिति: १५:५९ बजे, सोमबार, वैशाख २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्