Kathmandu Press

संसद सचिवालयको महासचिवका लागि डा. गौतम सिफारिस 

काठमाडौं, वैशाख २२ : संघीय संसद सचिवालयको महासचिवका लागि डा. भरतराज गौतम सिफारिस भएका छन्। 

सोमबार  सभामुख अग्निप्रसाद सापकोटा र र....

संसद सचिवालयको महासचिवका लागि डा. गौतम सिफारिस 
फाइल

काठमाडौं, वैशाख २२ : संघीय संसद सचिवालयको महासचिवका लागि डा. भरतराज गौतम सिफारिस भएका छन्। 

सोमबार  सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले डा. गौतमलाई संघीय संसद सचिवालयको महासचिवमा नियुक्त गर्न सिफारिस गरेका हुन्। गौतमले संघीय संसद सचिवालयको सचिवका रुपमा काम गरिरहेका छन्। 

मनोहर भट्टराईले अनिवार्य अवकाश पाएपछि यसअघि सभामुख सापकोटाले सचिव गोपालनाथ योगीलाई गत चैत २ गते कार्यवाहक महासचिवको जिम्मेवारी दिएका थिए।

योगीलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिएपछि सभामुख सापकोटासँग राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना असन्तुष्ट भएका थिए।

 

प्रकाशित मिति: १५:२३ बजे, सोमबार, वैशाख २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्