अमेरिकन आइडलको टप टेनमा पुगेका दिवेश भन्छन्, ‘मेरा लागि यो सपनाभन्दा परको कुरा हो’
काठमाडौं, वैशाख २२ : अमेरिकन आइडलको १८औं संस्करणमा टप टेनमा पुगेका दिवेश पोखरेलले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गरेका छन्।
अमेरिकन आइडलको....

काठमाडौं, वैशाख २२ : अमेरिकन आइडलको १८औं संस्करणमा टप टेनमा पुगेका दिवेश पोखरेलले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गरेका छन्।
अमेरिकन आइडलको टप टेनमा उनको स्थान पनि सुनिश्चित भएको छ। नेपाली मुलका दिवेश गायक अर्थर गनको नामल चिनिन्छन्।
आफूले पाएको खुशीलाई इन्स्ट्राग्राम सेयर गरी सबैलाई धन्यवाद दिएका छन्। उनले लेखेका छन्, ‘हामी टप टेनमा पुगेका छौं। सुरुआतको समयदेखि विश्वभरबाट साथ दिनुभएको सबैमा म यत्ति कृतज्ञ भएको छु, जसको व्याख्या गर्न कुनै शब्द छैन। मलाई भोट दिनुको साथै सबैले मेरो गीत सुनिदिनु भएकामा धन्यवाद छ।’
विश्व चर्चित यस गायन रियालिटी कार्यक्रममा यहाँसम्म आउनु आफ्नो लागि सपनाभन्दा परको कुरा रहेको उनले बताएका छन्।
कार्यक्रममा निर्णायकहरुले उनकोे गायकीको खुलेर प्रशंसा गर्दै आएका छन्। उनका प्रशंसकहरुले दिएको हौसलामा दिवेशले भनेका छन्, ‘यि सबै कुरा मेरा लागि धेरै अर्थ राख्छ।’












