अमेरिकन आइडलको शीर्ष १० स्थानमा पुग्न सफल नेपाली युवा दिवस
काठमाडौं, वैशाख २२ : नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडल २०२० को शीर्ष १० स्थानमा पुग्न सफल भएका छन्। आइडलको १८ औं सिजनमा जोन डेन्भरको टेक मी होम, क....

काठमाडौं, वैशाख २२ : नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडल २०२० को शीर्ष १० स्थानमा पुग्न सफल भएका छन्। आइडलको १८ औं सिजनमा जोन डेन्भरको टेक मी होम, कन्ट्री रोड्स बोलको गीत गाएर उनी शीर्ष १० स्थानमा पुग्न सफल भएका हुन्।
कोरोना भाइरसका् संक्रमणको जोखिमको कारण आइडलका प्रतिस्पर्धीहरुले घरबाटै प्रस्तुति दिएका थिए। उनको प्रस्तुतिपछि निर्णायकहरुले दिवेशको प्रशंसा गरेका थिए।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू अमेरिकन आइडलको टप टेनमा पुगेको जानकारी दिँदै भोट गर्ने सबैलाई धन्यवाद दिएका छन्। उनले भनेकाछन्, मलाई सुरुदेखि नै साथ दिनु भएकोमा सम्पूर्णलाई धन्यवाद । म शब्दमा बयान गर्न सक्दिन म कति आभारी छु विश्वभरबाट दिनुभएको यो अपार साथको लागि, भोटिङ गरिदिनु भएकोमा धन्यवाद।
अर्थर गन नामले परिचित दिवस अध्यनको शिलशिलामा सन् २०१३ मा अमेरिका पुगेका थिए।












