Kathmandu Press

म्याग्दी डेङ्गुको उच्च जोखिममा : एकै दिन तीन जना अस्पतालमा भर्ना

म्याग्दी, वैशाख २२ : म्याग्दी जिल्ला डेङ्गुको उच्च जोखिममा परेको छ। आइतबार एकैदिन तीन जनामा डेङ्गु संक्रमण देखिएको छ। 

बेनी नगरपालिकाका....

म्याग्दी डेङ्गुको उच्च जोखिममा : एकै दिन तीन जना अस्पतालमा भर्ना

म्याग्दी, वैशाख २२ : म्याग्दी जिल्ला डेङ्गुको उच्च जोखिममा परेको छ। आइतबार एकैदिन तीन जनामा डेङ्गु संक्रमण देखिएको छ। 

बेनी नगरपालिकाका विभिन्न बस्तीबाट उपचारका लागि आइतबार बेनी अस्पतालमा आएका एक महिला र दुई पुरुषमा संक्रमण देखिएपछि जिल्लामा वैशाख महिनामै डेङ्गु संक्रमितको संख्या पाँच पुगेको छ। एक्कासी टाउको दुख्ने, जोर्नी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिएपछि अस्पतालमा उपचारका लागि आएकी बेनी नगरपालिका–५ भिरमुनि, वडा नं ९ तोरीपानीको पुरुष र वडा नं ६ छापाकी महिलामा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका क्लिनिकल प्रमुख डा नवराज बस्ताकोटीले बताए।

“म्याग्दीको ग्रामीण बस्तीमा धमाधम डेङ्गु संक्रमित भेटिएका छन्, “उनहरूको ‘ट्राभल हिस्ट्री’ पनि छैन”, डा बस्ताकोटीले भो। वैशाख महिनामा चार पुरुष र एक महिलामा डेङ्गुको संक्रमण देखिएसँगै म्याग्दीमा डेङ्गु रोगको जोखिम उच्च रहेको डा बस्ताकोटीको भनाइ छ।

प्रकाशित मिति: १२:२२ बजे, सोमबार, वैशाख २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्