अमेरिकामा कोभिड १९ का कारण साढे ६८ हजार वढीको मृत्यु
काठमाडौं, वैशाख २२ : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६८ हजार नाघेको छ ।
यो समाचार त....

काठमाडौं, वैशाख २२ : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६८ हजार नाघेको छ ।
यो समाचार तयार पार्दासम्म थप १ हजार १२२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६८ हजार ५६६ पुगेको हो ।
पछिल्लो २४ घण्टामा त्यहाँ २६ हजार ४५९ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ११ लाख ८७ हजार २३३ पुगेको छ ।
अमेरिकामा संक्रमितमध्ये १ लाख ७८ हजार २६३ जना उपचारपछि निको भएका छन् ।
प्रकाशित मिति: ०६:४६ बजे, सोमबार, वैशाख २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











