भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३९१ पुग्यो
काठमाडौं, वैशाख २२ : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा एकै दिन थप ६८ जनाको मृत्यु भएको छ ।
गत २४ घण्टामा ....

काठमाडौं, वैशाख २२ : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा एकै दिन थप ६८ जनाको मृत्यु भएको छ ।
गत २४ घण्टामा कोरोनाका कारण ६८ जनाले ज्यान गुमाएसँगै मृतकको संख्या भारतमा १ हजार ३९१ पुगेको हो । भारतमा एकैदिन थप २ हजार ८०६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४२ हजार ५०५ पुगेको छ ।
भारतमा संक्रमितमध्ये ११ हजार ७७५ जना उपचारपछि निको भएका छन् । २९ हजार ३३९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: ०६:४२ बजे, सोमबार, वैशाख २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











