विश्वमै सर्वाधिक हेरिएको टेलिश्रृङला बन्यो रामायण
काठमाडौं, वैशाख २१ : धार्मिक तथा पौराणिक कथामा आधारित कार्यक्रम रामायणले विश्वव्यापी रेकर्ड राखेको छ। निर्माण र प्रशारण भएको ३३ वर्षपछि पुनः प्रशारण ग....

काठमाडौं, वैशाख २१ : धार्मिक तथा पौराणिक कथामा आधारित कार्यक्रम रामायणले विश्वव्यापी रेकर्ड राखेको छ। निर्माण र प्रशारण भएको ३३ वर्षपछि पुनः प्रशारण गरिएको टेलिश्रृखला सर्वाधिक हेरिएको कार्यक्रम बनेको हो।
सन् २०१९ मे मा प्रशारण भएको राममायण एकै रातमा एक करोड ९३ लाख पटक हेरिएको थियो। श्रृखलामा गेम अफ थ्रोन्सुको अन्तिम श्रृखला धेरै हेरिएको थियो। अप्रिल १६ मा प्रशारित यस श्रृङ्खलाले अघिल्लो रेकर्ड तोड्दै ७ करोड ७ लाख पटक हेरिएको दुरदर्शनले जानकारी दिएको छ।
दुरदर्शनले ट्वीटमार्फत ‘रामायण विश्वमै सर्वाधिक हेरिएको मनोरञ्नात्मक कार्यक्रम भएको रेकर्ड राखेको छ’ जनाएको छ।
कोरोना भाइरसको संक्रमण फैलन नदिन भारतले लकडाउन गरे लगतै दुरदर्शनले आफ्नो प्रशारण सुरु गरेको थियो।
Rebroadcast of #Ramayana on #Doordarshan smashes viewership records worldwide, the show becomes most watched entertainment show in the world with 7.7 crore viewers on 16th of April pic.twitter.com/edmfMGMDj9
— DD India (@DDIndialive) April 30, 2020












