गोठाटारमा बन्दैछ, झमककुमारीको सुन्दर घर
काठमाडौं वैशाख २१ : कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारस्थित पशुपति क्षेत्र विकास कोषको खाली जग्गामा स–साना थुम्का छन्। आसपासका मानिसहरु व्याया....

काठमाडौं वैशाख २१ : कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारस्थित पशुपति क्षेत्र विकास कोषको खाली जग्गामा स–साना थुम्का छन्। आसपासका मानिसहरु व्यायाम गर्नदेखि दिएर फुर्सदको समयमा अग्लो स्थानमा टहलिन जान्छन्।
शनिबार अझ भिडभाड हुन्छ। लकडाउनको समयमा पनि मानिसहरुको भिड लाग्छ। तर, सामाजिक दुरी कायम गराउन प्रहरीले मानिसलाई हटाउछ। प्रहरीले लखेटेको एक्कैछिन्मा भिड उस्तै हुन्छ। डाँडाको छेउमा बनेको रातो रंग लगाएर बनाइएको तिन तलाको आकर्षक घर छ। जसमा डाँडा घुम्न आउने हरकोहीको नजरमा पर्छ।
त्यो घर हो, साहित्कार झमक घिमिरेको। चारै तर्फ हेर्न मिल्ने र अकर्षक डिजाइनमा बनाइएकाले धेरैले मन पराउने गरेका छन्।
उक्त घर घिमिरेको लागि सरकारले बनाइदिएको हो। २०७५ साउनबाट १२ आना क्षेत्रफलमा निर्माणाधिन घरको काम ९५ प्रतिशत पुरा भइसकेको छ।
ठेकदार दिपक पराजुलीका अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्म निर्माण कार्य सकिनेछ। अहिले घर फिनसिङको काम भइरहेको छ। झमककुमारीको घर बनाउनको लागि सरकारले ३ करोड दिएको छ। हालसम्म २ करोड ३० लाख भन्दा बढि खर्च भइसकेको छ।

‘घर पूर्ण रुपमा अपाङमैत्री छ। झमककुमारी शारीरिक रूपमा अपाङ्गता भएकोले उहाँ बस्ने घर अपाङमैत्री बनाइएको हो । ३ तले घरमा जम्मा ४ वटा मात्र कोठा बनाइएको छ। घर ह्वलचियर मैत्री छ,’ ठेकेदार पराजुलीले भने।
घरमा लिप्ट राखिएको छ। विद्युत जडान र शौचालय बनाउन बाँकी रहेको छ। लकडाउनको समयमा पनि दैनिक चार जनाले काम गरिरहेका छन्। अहिले रंग लगाउने काम भइरहेको छ। ‘अहिले कामदार गाउँ गएका छन्। स्थानीय केही कामदारले काम गरिरहेका छन्,’ उनी भन्छन्।
उक्त घर गत मंसिरमा प्रधानमन्त्रीले उद्घाटन गरी हस्तान्तरण गर्ने योजना थियो। तर, निर्माणमा ढिलाई भएकाले आगामी आर्थिक वर्षमा हस्तान्तरण गरिने पराजुलीको भनाइ छ।
घिमिरेले ‘जीवन काँडाकी फूल’ नामक पुस्तकबाट मदन पुरस्कारसमेत पाइसकेकी छन्। शारीरिक अपाङ्गता भएकी उनी बोल्न र हिडलुल गर्न सक्दिनन् । धनकुटा निवासी घिमिरे खुट्टाले लेखेर साहित्य सिर्जना गर्दै आएकी छिन्।











-(32)-1764944804.jpeg)
