तस्बिरमा हेर्नुस् सिन्दुरमा रंगिएकाे थिमि
थिमि क्षेत्रमा २३ वटा, नगदेशमा एक, बोडेमा ७, टिगनीमा १ स्थानमा बेग्लाबेग्लै खटजात्राका साथ सिन्दुर जात्रा मनाइएको छ।
भक्तपुर, वैशाख २ : बिस्केट जात्राको अवसरमा मध्यपुर थिमिमा शनिबार ३२ वटा खटसहितको सिन्दुर जात्रा मनाइएको छ। सिन्दुर जात्रा हरेक वर्ष नयाँ वर्षको भोलिपल्ट मनाउने गरिन्छ। यो मध्यपुर ठिमीको सबैभन्दा ठूलो जात्रा हो।
ठिमीबासी एक आपसमा सिन्दुर छ्यापेर बाजागाजा तथा नाचगानसहित सिन्दुर जात्रामा रमाए। जात्राका कारण शनिबार मध्यपुर ठिमी क्षेत्रको सडक राताम्मे भएको थियो।
थिमि क्षेत्रमा २३ वटा, नगदेशमा एक, बोडेमा ७, टिगनीमा १ स्थानमा बेग्लाबेग्लै खटजात्राका साथ सिन्दुर जात्रा मनाइएको छ।
थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताको नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दुर खेल्दै जात्रा मनाइन्छ।









प्रकाशित मिति: १४:०३ बजे, मंगलबार, वैशाख २, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![यसरी तयार हुँदै छ भक्तपुरमा बिस्केट जात्राको रथ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1775198261.jpg)
![बबरमहलमा एमाले कार्यकर्ता र प्रहरीबीच झडप [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1774783627.jpg)
![सेतो मच्छिन्द्रनाथ जात्रा सुरु [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-12_b02a9f79-1774538837.jpg)
![फुलले रंगीचंगी बनेको बागमती किनार [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1774322069.jpg)