Kathmandu Press

नेपालगञ्जमा एकैदिन १५ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, वैशाख २१  : बाँकेमा एकैदिन १५ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ।

आइतबार साँझ गरिएको परीक्षणमा थप ६ जनामा कोरोनाको स....

नेपालगञ्जमा एकैदिन १५ जनामा कोरोनाको संक्रमण पुष्टि
फाइल

काठमाडौं, वैशाख २१  : बाँकेमा एकैदिन १५ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ।

आइतबार साँझ गरिएको परीक्षणमा थप ६ जनामा कोरोनाको संक्रमण भेटिएपछि बाँकेमा कोरोना संक्रमितको संख्या एकैदिन १५ पुगेको हो। 

आइतबार गरिएका ६० जनाको नमूना परीक्षणमा १५ जनामा कोरोनाको संक्रमण भेटिएको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले जानकारी दिए।

उनका अनुसार ३० वटा नमुना परीक्षण गर्दा ९ र साँझ गरिएका थप ३० जनाको परीक्षणमा ६ जनामा कोरोनाको संक्रमण भेटिएको हो। कोरोना संक्रमित सातदेखि ५८ वर्ष उमेरका ७ महिला र ८ पुरुष रहेका छन्। 

यसअघि आइतबार दिउँसो स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालगञ्जमा ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको जानकारी दिएका थिए। बाँकेमा मात्रै कोरोना संक्रमितको संख्या १६ पुगेको छ। 

 केही दिनअघि नेपालगञ्जमा ६० वर्षीय वृद्धमा कोरोना भाइरसको संक्रमण भेटिएको थियो। योसँगै नेपालभर कोरोना संक्रमितको संख्या ७५ पुगेको छ। तीमध्ये १६ जना भने निको भएर घर फर्किसकेका छन्। 

प्रकाशित मिति: १६:४४ बजे, आइतबार, वैशाख २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्