Kathmandu Press

किट अभावले कर्णाली स्वास्थ्य प्रतिष्ठानको पीसीआर मेसिन सञ्चालनमा आएन

सुर्खेत, वैशाख २१ : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा जडान गरिएको पीसीआर मेसिन सञ्चालनमा आउन सकेको छैन। 

पीसीआर मेसिन ....

किट अभावले कर्णाली स्वास्थ्य प्रतिष्ठानको पीसीआर मेसिन सञ्चालनमा आएन
फाइल

सुर्खेत, वैशाख २१ : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा जडान गरिएको पीसीआर मेसिन सञ्चालनमा आउन सकेको छैन। 

पीसीआर मेसिन जडान गरिए पनि किट अभावले सञ्चालन आउन नसकेको प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ एवं अस्पताल निर्देशक डा मंगल रावलले  जानकारी दिए। उनका अनुसार गएको मंगलबार प्रतिष्ठानले कोरोना भाइरसको परीक्षणका लागि पीसीआर मेसिन जडान गरेको थियो।

अस्पताल निर्देशक डा रावलले भने, “किट त अहिले काठमाडौँमा पनि अभाव छ। यद्यपि प्रतिष्ठानका लागि आजसम्म आइपुग्ने भन्ने छ।” उक्त मेसिन सञ्चालनका लागि जनशक्ति सबै तयार रहेको भन्दै उनले किट आउनेबित्तिकै परीक्षण शुरु गर्ने बताए। उनका अनुसार पीसीआर मेसिन ठूलो क्षमताको भएकाले यसले एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्नेछ। 
    
प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले प्रतिष्ठानका पूर्व उपकूलपति डा पारसकुमार आचार्यको सहयोगमा सुर्खेतमा २०० किट आइपुगेको र त्यो लिनका लागि आजै प्रतिष्ठानको जनशक्ति सुर्खेत हिँडेको बताए। रजिष्ट्रार काफ्लेले प्रतिष्ठानले  २७ लाख रुपैयाँमा पीसीआर मेसिन खरिद गरेको बताए। 

उनका अनुसार मेसिन सञ्चालन नहुँदा अहिले जुम्लामा कोरोना शङ्कास्पद व्यक्तिहरूको शुुरुमा आरडिटी परीक्षण गर्ने र थप शङ्कास्पद भएमा पीसीआर जाँचका लागि सुर्खेत पठाउने गरिएको छ। किट आउनेबित्तिकै परीक्षण कार्य तीव्र बनाउने प्रतिष्ठानले जनाएको छ। रासस

प्रकाशित मिति: १६:२० बजे, आइतबार, वैशाख २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्