Kathmandu Press

कोटेश्वरमा माधव नेपालको ‘गुट’ भेला

काठमाडौं, वैशाख २१ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनु पर्ने माग राख्दै आएका नेकपा ....

कोटेश्वरमा माधव नेपालको ‘गुट’ भेला

काठमाडौं, वैशाख २१ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनु पर्ने माग राख्दै आएका नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले आफूनिकटका नेताहरुसँगको छलफल अघि बढाएका छन्।

कोटेश्वरस्थित आफ्नै निवासमा आइतबार वरिष्ठ नेता नेपालले आफू पक्षीय नेताहरुसँग छलफल गरेका हुन्। शनिबारको सचिवालय बैठकले आगामी २५ गते स्थायी कमिटीको बैठक बोलाएपछि नेता नेपालले आफूनिकटका स्थायी कमिटीका नेताहरुसँग रणनीति तय गर्न छलफललाई अघि बढाएका हुन्।

ओलीलाई प्रधानमन्त्री र अध्यक्ष पदबाट सचिवालयबाट राजीनामा गराउने गरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु एकजुट भएपनि सचिवालय हिजोको सचिवालयको बैठकमा राजीनामाको विषयमा छलफल भएको थिएन।

शनिबारको सचिवालय बैठकले नेकपाको विवाद केही समयका लागि अन्त्य भएको भन्ने विश्लेषण भइरहेका बेला नेपालले छुट्टै रणनीति बनाउन आफू पक्षीय नेताहरुसँग परामर्श जारी राखेका छन्। स्रोतका अनुसार नेपालले स्थायी कमिटी बैठकमा ओलीको राजीनामाको विषयलाई उठाउने तयारी गरेका छन्।

प्रकाशित मिति: १५:३२ बजे, आइतबार, वैशाख २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्