जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी
चितवन, वैशाख २१ : वनमा उम्रिएको च्याउ खाँदा भरतपुर महानगरपालिकामा पाँच जना बिरामी परेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतप....

चितवन, वैशाख २१ : वनमा उम्रिएको च्याउ खाँदा भरतपुर महानगरपालिकामा पाँच जना बिरामी परेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ जुगेडीमा एकै परिवारका पाँच जना बिरामी परेका हुन्। कार्यालयका अनुसार बिरामी हुनेमा ५५ वर्षीय वीरबहादुर चेपाङ, उनको २५ वर्षीय छोरा सुमन चेपाङ, २२ वर्षीया बुहारी सिर्जना चेपाङ, छोरी १९ वर्षीया शर्मिला चोपाङ र १५ वर्षीया अञ्जना चेपाङ रहेका छन्। उनीहरुले घर नजिकै रहेको वनबाट टिपेर ल्याएको च्याउ शनिबार साँझ खाएका थिए।
च्याउ खाएसँगै बिरामी परेपछि आइतबार बिहान उनीहरुलाई भरतपुर अस्पतालमा उपचारका लागि ल्याइएको छ। वीरबहादुरको अवस्था गम्भीर रहेको र अन्यको सामान्य रहेको प्रहरीले जनाएको छ। गम्भीर वीरबहादुरको सघन उपचारकक्षमा उपचार भइरहेको प्रहरीले जनाएको छ।











