Kathmandu Press

राष्ट्रपतिद्वारा वैशाख २६ गते संसदको बजेट अधिवेशन आह्वान

​​​​​​काठमाडौं, वैशाख २१ : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी छिन्। 

राष्ट्रपति भण्डारीले नेपालको संविधानको ध....

राष्ट्रपतिद्वारा वैशाख २६ गते संसदको बजेट अधिवेशन आह्वान

​​​​​​काठमाडौं, वैशाख २१ : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी छिन्। 

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम संघीय संसद्को दुवै सदनको अधिवेशन वैशाख २६ गते अपराह्न ४ बजे आह्वान गरेकी हुन्।

वैशाख २६ गते अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसअघि आइतबार मध्यान्ह बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गते बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। 

हेर्नुस् विज्ञप्ति : 

प्रकाशित मिति: १५:०६ बजे, आइतबार, वैशाख २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्