Kathmandu Press

तस्बिरमा ट्याटु कन्भेन्सन

तीन दिनसम्म चल्ने कन्भेन्सनमा ट्याटुमा चासो राख्ने विशेषतः तन्नेरी पुस्तोका बाक्लो उपस्थिति छ।
तस्बिरमा ट्याटु कन्भेन्सन

काठमाडौं, चैत ३० : अहिले काठमाडौंमा इन्टरनेसनल ट्याटु कन्भेन्सन चलिरहेको छ। 

कन्भेन्सनको १२औं ललितपुरको हेरिटेज गार्डेनमा शुक्रबारदेखि सुरु भएको हो। तीन दिनसम्म चल्ने कन्भेन्सनमा ट्याटुमा चासो राख्ने विशेषतः तन्नेरी पुस्तोका बाक्लो उपस्थिति छ।

कन्भेन्सनमा नेपालसँगै अमेरिका, अस्ट्रेलिया, बेलायत, स्वीडेन, स्पेन, भारत, इन्डोनेसियालगायतका विभिन्न देशका टाटु आर्टिस्टहरूको सहभागी छन्। 

Hardik ivf

यी कन्भेन्सनमा हेटौंडाका कविनराज पुरी पनि सहभागी छन्। ११ वर्षको उमेरदेखि ट्याटुको क्षेत्रमा लागेका उनी एन्थोनी साइन्स नामले परिचित छन्। कन्भेन्सनमा सहभागी हुन पाउँदा उत्साहित भएको उनले बताए। 

उनी नेपालको पहिलो ‘बडी मोडिफिकेसन आर्टिस्ट’ हुन्। उनले अहिलेसम्म २ हजारभन्दा बढी मासिको शरीरमा आफ्नो ट्याटुको कला देखाइसकेका छन्।

गिजिन बुकमा समेत नाम लेखाइसकेकी अमेरिकी ट्याटु आर्टिस्ट एस्पेरान्स फुएर्जिना पनि कन्भेन्सनमा सहभागी छिन्। उनले अघिल्लो वर्षमात्र शरीरमा सबैभन्दा धेरै ट्याटु भएको महिला र सर्वाधिक बडी मोडिफिकेसन गर्ने कीर्तिमान बनाएकी छिन्। 

उनको शरीरका ९९.९८ प्रतिशत भागमा ट्याटु छ। नेस्का नामले परिचित उनले ६० भन्दा बढी देश भ्रमण गरिसकेकी छिन्।

कन्भेन्सनमा कविन र एस्पेरान्सजस्ता थुप्रै ट्याटु आर्टिस्ट सहभागी छन्। कन्भेन्सनमा ट्याटु खाेपाउनेहरू पनि उत्तिकै छन्।

हेर्नुस् ट्याटु कन्भेन्सनका केही तस्बिरहरू:

_RMJ0539-1744442721.jpg

_RMJ0623-1744443527.jpg

_RMJ0572-1744443066.jpg

_RMJ0621-1744443525.jpg

_RMJ0602-1744443524.jpg

_RMJ0552-1744442836.jpg

_RMJ0548-1744442721.jpg

_RMJ0685-1744442663.jpg

_RMJ0592-1744443066.jpg

_RMJ0533-1744442663.jpg

_RMJ0631-1744443527.jpg

_RMJ0669-1744442633.jpg

_RMJ0687-1744442634.jpg

_RMJ0660-1744442632.jpg

_RMJ0616-1744442632.jpg
कविनराज पुरी (एन्थाेनी साइन्स) ।
_RMJ0605-1744443525.jpg
एस्पेरान्स फुएर्जिना (नेस्का) ।

 

 

 

प्रकाशित मिति: १३:३६ बजे, शनिबार, चैत ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्