महोत्तरीमा अज्ञात रोगबाट थप एकको मृत्यु, मृतकको संख्या १२ पुग्यो
महोत्तरी, वैशाख २१ : महोत्तरीको भंगाह नगरपालिकामा थप एक जनाको मृत्यु भएको छ। अज्ञात रोगका कारण आइतबार भंगाहा ७ का ५८ वर्षीय रुपनारायण सिंह दनुवार....

महोत्तरी, वैशाख २१ : महोत्तरीको भंगाह नगरपालिकामा थप एक जनाको मृत्यु भएको छ। अज्ञात रोगका कारण आइतबार भंगाहा ७ का ५८ वर्षीय रुपनारायण सिंह दनुवारको मृत्यु भएको हो।
उनको मृत्युसँगै महोत्तरीमा अज्ञात रोगको कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ। शनिबार मात्रै बर्दिवास–१२ स्थित इँटाभट्टामा काम गर्ने ५५ वर्षीय भारतीय नागरिक मोतीलाल प्रजापति र भंगाह–६ जमुनियाँका ४८ वर्षीय पलट साहको मृत्यु भएको थियो।
भंगाहा नगरपालिका–७ र बर्दिवास नगरपालिका–१२ एक आपसमा जोडिएका बस्ती हुन् ।
मृत्यु हुनेहरुमा एकै प्रकारको लक्षण देखिएको छ। स्थानीयका अनुसार अचानक पेट दुख्ने, बान्ता हुने, झाडापखला लाग्ने र बिरामीको मृत्यु हुने गरेको छ। दुनुवार बिहानसम्म बिरामी थिएनन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले घटनास्थल पुगेर अध्ययन थालेको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए। परीक्षणको रिपोर्ट आएपछि मात्रै रोग पत्ता लाग्ने घटनास्थलमा खटिएका चिकित्सकले बताएका छन्।
याे पनि पढ्नुहाेस् : महोत्तरीको भंगहामा थप दुईको मृत्यु, सातामै ७ जनाको ज्यान गएपछि स्थानीय त्रसित











