Kathmandu Press

नेपाली संस्कृतिसँगै कलामा कोरोना

काठमाडौं, वैशाख २१ : ब्रह्माण्डका अनेक विषयलाई धर्कोमा केन्द्रित भएर हेर्ने गरेका कलाकार रविन्द्र श्रेष्ठले यस पटक अलि पृथक भावमा चित्र कोरेका छन्। को....

नेपाली संस्कृतिसँगै कलामा कोरोना

काठमाडौं, वैशाख २१ : ब्रह्माण्डका अनेक विषयलाई धर्कोमा केन्द्रित भएर हेर्ने गरेका कलाकार रविन्द्र श्रेष्ठले यस पटक अलि पृथक भावमा चित्र कोरेका छन्। कोरोना भाइरसविरुद्ध औषधि चाँढै पत्ता लागोस् भन्ने अपेक्षा उनको कलाकृतिमा झल्किन्छ।

एउटा थप्लोको वरिपरि घेरामा पनि धर्को बनिसकेको हुने भन्दै यस संसारका बसै बस्तु धर्कोबाट अलग रहन नसक्ने उनको बुझाइ छ। उनले चित्रकलामा देवीदेवता र नेपाली संस्कृतिले कोरोनाको समाधान भेटिदिए हुन्थ्यो भन्ने अपेक्षा कलाकृतिमार्फत व्यक्त गरेका छन्।

Hardik ivf

उनले केहि वर्ष अघि  शशिविक्रम शाह, किरण मानन्धर, मञ्जुबाबु मिश्रलगायतका कलाकारहरुलाई लाइन कोरेरे चित्र बनाउन दिएका थिए। जहाँ उनले नसोेचेको अमूर्त कलालाई अन्य कलाकारहरुहरु धर्कोमा रहेर मूर्तरुप दिएका छन्।

अहिले मानिसमा भएको त्रास र लकडाउनले सबैभन्दा महत्वपूर्ण भूमिका विज्ञानले निभाउनुपर्ने  भाव उनका कलामा प्रस्फुटन भएको छ। यस्तो अवस्थामा वैज्ञानिकहरुले कोरानोविरुद्धको औषधी बनाउनुबाहेक अर्को विकल्प रहेको उनको कलाको सन्देशश छ।

गत वर्ष उनले चाइनाको हुलाक टिकटमा पनि नेपाली कला कोरेका थिए। जसले संसारका धेरै देशमा नेपाली कलाको केहि पहिचानलाई बढवा दिन सक्ने विश्वास उनको छ।

 

प्रकाशित मिति: १५:०१ बजे, आइतबार, वैशाख २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्