लकडाउन उल्लंघन गर्दै सरकारविरुद्ध कांग्रेसको प्रदर्शन
पर्सा, वैशाख २१ : नेपाली कांग्रेस पर्साले लकडाउन उल्लंघन गर्दै सरकारको विरोधमा प्रदर्शन गरेको छ।
आइतबार कांग्रेस नेता तथा कार्यकर्ता सरकारको....
पर्सा, वैशाख २१ : नेपाली कांग्रेस पर्साले लकडाउन उल्लंघन गर्दै सरकारको विरोधमा प्रदर्शन गरेको छ।
आइतबार कांग्रेस नेता तथा कार्यकर्ता सरकारको विरोधमा सडकमा उत्रिएका हुन्। वीरगञ्जस्थित नारायणी अस्पतालको ओपीडि सञ्चालन गर्न माग गर्दै कांग्रेसले विरोध प्रदर्शन गरेको जनाएको छ।
तीनै सरकारको तीनवटा निर्णय भएकाले लकडाउनमा नेपाली कांग्रेस सडकमा आएको जिल्ला सभापति अजय द्विवेद्विले बताए। जनताको सडक भएकाले जनताको सहजताका लागि सडकमा आएको उनको भनाइ थियो।
स्थानीय सरकारले जनताको राहत र कोरोना संक्रमितको उपचारका लागि चाहिने सामग्री उपलब्ध गराउन माग गर्दै सकडमा आएको उनले बताए।
विरोध प्रदर्शनमा प्रदेश सांसद ओमप्रकाश शर्मा, जिल्ला अध्यक्ष अजय द्विवेदी लगायत नेता तथा कार्यकर्ता सहभागी थिए।