Kathmandu Press

संसदको बजेट अधिवेशन वैशाख २६ मा बोलाउने सरकारको निर्णय

काठमाडौं, वैशाख २१ : प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २६ गते संसद बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ । बैठकल....

संसदको बजेट अधिवेशन वैशाख २६ मा बोलाउने सरकारको निर्णय

काठमाडौं, वैशाख २१ : प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २६ गते संसद बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ । बैठकले २६ गते अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो। 

सिफारिसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गर्नेछिन्। 

आगामी जेठ १५ मा संघीय सरकारको वार्षिक बजेट सार्वजनिक गर्नुपर्ने भएकोले त्यसअघि सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्नुपर्ने संवैधानिक प्रावधान छ।

सरकारले वैशाख अन्तिम सातादेखि संसदको बजेट अधिवेशन बोलाउने तयारी गर्दै सामाजिक दूरी कायम हुने गरी अधिवेशन गराउने व्यवस्थासमेत मिलाएको छ।

प्रकाशित मिति: १२:५३ बजे, आइतबार, वैशाख २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्