Kathmandu Press

लकडाउनमा विपन्नलाई निःशुल्क भोजन

भक्तपुर, वैशाख २१ : कोरोना भाइरसका कारण समस्यामा परेका सर्वसाधारणका लागि मानवसेवा आश्रमले भोजनको व्यवस्था गरेको छ। गत २६ दिनदेखि निःशुल्क भोजनको व्यवस....

लकडाउनमा विपन्नलाई निःशुल्क भोजन

भक्तपुर, वैशाख २१ : कोरोना भाइरसका कारण समस्यामा परेका सर्वसाधारणका लागि मानवसेवा आश्रमले भोजनको व्यवस्था गरेको छ। गत २६ दिनदेखि निःशुल्क भोजनको व्यवस्था गरिएको आश्रमले जनाएको छ।

आश्रमले गत आठ वर्षदेखि बेसहारा, अशक्त, असाहय, अनाथ, अभिभावकविहीन, शारीरिक तथा मानसिक रुपमा कमजोर व्यक्तिको उद्धार गरेर उपचार, परामर्श एवं पारिवारिक पुनर्मिलन गराउँदै आएको छ। अहिले लकडाउनका कारण समस्यामा परेका व्यक्तिलाई भोजनाको व्यवस्था गरेको हो।

गत २६ दिनदेखि नियमित भोजनको व्यवस्था गरिएको छ। दिनमा दुई पटक बिहान साढे ९ देखि १२ बजेसम्म र बेलुकी साढे ५ देखि साढे ७ बजेसम्म खाना खुवाउने गरिएको छ। दैनिक दुई सय ५० जनाले खाना खाने गरेको आश्रमले जनाएको छ।

भक्तपुरको नयाँ थिमी चोक, भक्तपुर क्यान्सर अस्पताल र सुर्यविनायक चोकलाई सेन्टर बनाएर भोजनको व्यवस्था गरिँदै आएको छ।

प्रकाशित मिति: १२:४९ बजे, आइतबार, वैशाख २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्