Kathmandu Press

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं, वैशाख २१ : प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

आजको बैठकमा संसद अधिवेशन बोलाउने बारे छलफल हुने बताइएपन....

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं, वैशाख २१ : प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

आजको बैठकमा संसद अधिवेशन बोलाउने बारे छलफल हुने बताइएपनि बैठकको एजेण्डाबारे पूर्वजानकारी नभएको एक मन्त्रीले बताए।

आगामी जेठ १५मा संघीय सरकारको वार्षिक बजेट सार्वजनिक गर्नुपर्ने भएकोले त्यसअघि सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्नुपर्ने संवैधानिक प्रावधान छ।

सरकारले वैशाख अन्तिम सातादेखि संसदको बजेट अधिवेशन बोलाउने तयारी गर्दै सामाजिक दूरी कायम हुने गरी अधिवेशन गराउने व्यवस्थासमेत मिलाइएको छ।

प्रकाशित मिति: १२:२४ बजे, आइतबार, वैशाख २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्