Kathmandu Press

जम्मु–कस्मीरमा भिडन्त, कर्नेलसहित पाँच जनाको मृत्यु 

काठमाडौं, वैशाख २१ः जम्मू कस्मीरको कुपवाडा जिल्लाको हन्दवाडामा भएको चरम्पन्थीसँगको भिडन्तमा भारतीय सेनाका दुई अधिकारीसहित पाँच जनाको ज्यान गएको छ।

....
जम्मु–कस्मीरमा भिडन्त, कर्नेलसहित पाँच जनाको मृत्यु 

काठमाडौं, वैशाख २१ः जम्मू कस्मीरको कुपवाडा जिल्लाको हन्दवाडामा भएको चरम्पन्थीसँगको भिडन्तमा भारतीय सेनाका दुई अधिकारीसहित पाँच जनाको ज्यान गएको छ।

मृत्यु हुनेमा भारतीय सेनाका एक कर्नेल र एक मेजर छन्। यसका साथै जम्मु–कस्मीर प्रहरीका एक अधिकारी र दुई सेनाका जवान छन्। भिडन्तमा दुई चरमपन्थीको समेत मृत्यु भएको बीबीसीले जनाएको छ।

भिडन्त शनिबार ३ः३० बजे सुरु भएको थियो। मृत्यु हुनेमा २१ राष्ट्रिय राइफलका कमान्डिङ आर्मी अफिसर कर्णेल आशुतोष शर्मा, मेजर अनुज, एक लेस नायक र एक राइफल म्यानका साथै जम्मु–कास्मीर पुलिसका सब इनिस्पेक्टर शकिल काजी रहेका छन्।

चरमपन्थीले हन्दवाडाको चांगिमुलमा एक घरलका मानिसलाई आफ्नो कब्जामा राखेका थिए। उक्त घरलाई लुक्न प्रयोग गरिरहेका थिए। जम्मु–कस्मिर प्रहरी र आर्मीको संयुक्त टोलीले उक्त घरमा छापा मारेको थियो। भारतीय रक्षामन्त्री राजनाथ सिंहले ट्वीटमार्फत श्रद्धान्जली दिएका छन्।

प्रकाशित मिति: ११:४२ बजे, आइतबार, वैशाख २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्