Kathmandu Press

विश्वकै धनाढ्यमा इलन मस्क कायम, कति नम्बरमा परे विनोद चौधरी?

सूचीको दोस्रो स्थानमा मेटाका मालिक मार्क जुकरबर्ग छन्। उनको सम्पत्ति २१६ अर्ब डलर रहेको फोर्ब्सले जनाएको छ।
विश्वकै धनाढ्यमा इलन मस्क कायम, कति नम्बरमा परे विनोद चौधरी?
तस्बिरः फोर्ब्स।

काठमाडौं, चैत २५ : टेस्लाका मालिक इलन मस्क विश्वका धनाढ्यहरूको सूचीमा पहिलो नम्बरमा कायम भएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सल्लाह दिने डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी (डोज) प्रमुख समेत रहेका टेस्ला कार निर्माता कम्पनीका मालिक इलन मस्क विश्वकै धनाढ्य कायम भएका हुन्।

करोडौं डलर खर्च गरेर चुनाव जिताएका ट्रम्पका नीतिहरूका कारण यसपटक मस्कको सम्पत्तिमा भारी गिरावट आउने आकलन गरिए पनि उनले धनाढ्य सूचीको शीर्षस्थान कायम राखेका हुन्।

Hardik ivf

फोर्ब्सले सार्वजनिक गरको विश्वका २ हजार ९३३ धनाढ्यहरुको सूचीको पहिलो नम्बरमा रहेका मस्कको सम्पत्ति ३४२ अर्ब डलर पुगेको छ। मस्क रकेट निर्माता कम्पनी स्पेस एक्स र एक्स (ट्वीटर)का पनि मालिक हुन्।

सूचीको दोस्रो स्थानमा मेटाका मालिक मार्क जुकरबर्ग छन्। उनको सम्पत्ति २१६ अर्ब डलर रहेको फोर्ब्सले जनाएको छ।

तेस्रो स्थानमा जेफ बेजोस छन्। अमेजनका मालिक रहेका बेजोसको सम्पत्ति २१५ अर्ब डलर बराबर छ।

भारतबाट सबैभन्दा धनाढ्यको सूचीमा रिलायन्स इन्डष्ट्रिजका मालिक मुकेश अम्बानी छन्। उनी १८ औं स्थानमा छन्। २८ औं स्थानमा गौतम अडानी छन्।

नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी पनि विश्वका  २९३३ धनाढ्यहरूको सूचीमा अटाएका छन्।

उनको सम्पत्ती २ अर्ब डलर छ। उनी १ हजार ७६३ नम्बरमा छन्।

प्रकाशित मिति: २०:२७ बजे, सोमबार, चैत २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्