Kathmandu Press

कर्णालीमा पहिलो पटक रारामा पर्यटक प्रहरी पोष्ट स्थापना

पर्यटन विभाग र छाँयानाथ रारा नगरपालिकाबीच सम्झौता भए अनुसार सोमबार एक समारोहबीच पोष्ट स्थापना गरिएको हो। 
कर्णालीमा पहिलो पटक रारामा पर्यटक प्रहरी पोष्ट स्थापना

मुगु, चैत २५ : कर्णाली प्रदेशकै पहिलो अस्थाई पर्यटन पोष्ट रारा ताल्चामा स्थापना गरिएको छ। आन्तरिक तथा वाह्य पर्यटकहरुको सुरक्षाका लागि यस्तो पोष्ट स्थापना गरिएको छ।

नेपालकै सबैभन्दा ठूलो र गहिरो ताल रारा घुम्न आउने पर्यटकहरुको सुरक्षाका लागि पर्यटक प्रहरी राख्न २०८१ माघ २५ गते पर्यटन विभाग र छाँयानाथ रारा नगरपालिकाबीच सम्झौता भए अनुसार सोमबार एक समारोहबीच पोष्ट स्थापना गरिएको हो। 

Hardik ivf

तत्काल प्रहरी सहायक निरीक्षकसहित पाँच जनाको टोली पोष्टमा रहने र नागरिकहरुको सहायतामा पर्यटकहरुको सुरक्षामा खटिने प्रहरी नायव उपरीक्षक सरोज गिरीले बताए।

रारालगायत मुगुका बिभिन्न पर्यटक क्षेत्रमा घुम्न आउने पर्यटकहरुको शान्ति सुरक्षाका लागि लामो प्रयासपछि पर्यटन विभागका निर्देशक लिलाधर अवस्थी र छाँयानाथ रारा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पशुपती शाही बीच सम्झौतामा हस्ताक्षर भएको थियो।

Photo-(12)-1744020405.jpg
 

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले पर्यटक प्रहरीको जनशक्ति, दरबन्दी र प्रहरी पोष्टको व्यवस्थापन गर्ने र नगरपालिकासंग सहकार्य र समन्वय गरि पर्यटकहरुलाई कामकाजमा खटाउने उल्लेख गरेको छ।

नगरपालिकाले रारामा पर्यटक प्रहरीलाई बस्नको लागि घर, खानेपानी, विजुलीलगायतका आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्ने र पर्यटक प्रहरीका लागि उचित कार्य वातावरण निर्माण गर्नुपर्नेछ।

सम्झौता अनुसारपछि सर्नेगरी छाँयानाथ रारा नगरपालिका वडा नम्बर ४ ताल्चामा अस्थाई पर्यटन पोष्ट स्थापना गरिएको हो। 

प्रकाशित मिति: १५:५२ बजे, सोमबार, चैत २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्