नेपालकै एकमात्र नवग्रह मन्दिरमा भजन गीत ‘नवग्रह’को छायांकन (भिडियो)

काठमाडौं, चैत २५ : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नं १ मा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरमा छायांकन गरिएको भजन संग्रह नवग्रह सार्बनजिक भएको छ ।
नवग्रह मन्दिर क्षेत्रमा निर्माण भएको भजन नेपालकै एकमात्र नवग्रह मन्दिरसँग सम्बन्धित रहेको छ । भजनले नवग्रहको शक्तिका बारेमा चर्चा गरिएको छ । नवग्रह मन्दिरको पवित्र भूमीको भिडियोमा देखिएको स्थान, हरियाली पहाड र भव्य मन्दिर परिसरले यो भजनलाई अझै आध्यात्मिक र भव्य बनाएको छ।
भजनलाई टेक चापागाईं र कमला अर्यालले निर्माण गरेका हुन् भने स्वंयम चापागाईं र लोकप्रिय गायिका देवी घर्तीले स्वरमा साथ दिएकी छिन् । यो मन्दिरले धार्मिक आस्थाका साथै पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
मन्दिरको स्थापत्य कला, प्राकृतिक सौन्दर्य र धार्मिक महत्वका कारण अर्जुनचौपारी नवग्रह मन्दिर आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि आकर्षणको केन्द्र बन्दै गएको छ।