कोभिड-१९ का कारण डीभीको नतिजा पछि सर्यो
काठमाडौं, वैशाख २१ : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण अमेरिकाले डाइभर्सिटी भिसा (डीभी) कार्यक्रम छनौट नतिजा पछाडी सारेको छ।
....
काठमाडौं, वैशाख २१ : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण अमेरिकाले डाइभर्सिटी भिसा (डीभी) कार्यक्रम छनौट नतिजा पछाडी सारेको छ।
शनिबार नेपालस्थित अमेरिकी दूतावासले एक सुचना जारी गर्दै आगामी मे ५ तारिखमा हुने छनौट कार्यक्रम कोरोनाको कारण आगामी जुन ६ तारिखलाई सारिएको जनाएको छ। छनौटमा हुने उक्त ढिलाईले अक्टोबर १ तारिखमा हुने अन्तवार्तामा भने कुनै असर नपर्ने पनि दूतावासले सुचनामा बताएको छ।
यसैगरी डिभीको नतिजा के भयो भनेर दूतावासले ईमेल वा फोन सम्पर्क समेत नगर्ने जनाएके छ । नतिजा थाहा पाउन आवेदन दिँदा पाएको कन्फर्मेशन नम्बर प्रयोग गरेर सम्बन्धित साइटबाट मात्रै हेर्न सक्नेछन् ।
प्रकाशित मिति: ०८:५० बजे, आइतबार, वैशाख २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार