Kathmandu Press

कोरोना भाइरसबाट झण्डै ३५ लाख संक्रमित, २ लाख ४४ हजार वढीको मृत्यु 

काठमाडौंं, वैशाख २१ : विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसका कारण हालसम्म ३४ लाख ७९ हजार ५ सय २१ जना संक्रमित भएका छन् । संक्रमित मध्ये २ लाख ....

कोरोना भाइरसबाट झण्डै ३५ लाख संक्रमित, २ लाख ४४ हजार वढीको मृत्यु 

काठमाडौंं, वैशाख २१ : विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसका कारण हालसम्म ३४ लाख ७९ हजार ५ सय २१ जना संक्रमित भएका छन् । संक्रमित मध्ये २ लाख ४४ हजार ५ सय ८१ जनाको मृत्यु भएको छ ।

११ लाख ८ हजार २३ जना उपचार पछि निको भएका छन् । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा ११ लाख ५९ हजार बढी संक्रमित हुँदा ६७ हजार ३ सय ९१ जनाको मृत्यु भएको छ । स्पेनमा २ लाख ४५ हजार बढी संक्रमित हुंदा २५ हजार १ सयको मृत्यु भएको छ ।

यस्तै इटालीमा कोरोना संक्रमितको संख्या २ लाख ९ हजार हुंदा मृतकको संख्या २८ हजार ७ सय नाघेको छ । बेलायतमा १ लाख ८२ हजार बढी कोरोना संक्रमित र २८ हजारको मृत्यु भएको छ ।

फ्रान्समा १ लाख ६८ हजार बढी संक्रमित मध्ये मृत्यु हुनेको संख्या २४ हजार ७ सय नाघेको छ ।

प्रकाशित मिति: ०७:१३ बजे, आइतबार, वैशाख २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्