Kathmandu Press

प्रधानमन्त्रीले आत्मालोचना गरे, बामदेवलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लगिने

काठमाडौं, वैशाख २० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को  सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने नि....

प्रधानमन्त्रीले आत्मालोचना गरे, बामदेवलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लगिने

काठमाडौं, वैशाख २० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को  सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय गरेको छ।

यसअघिको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले बामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए। 

'उपयुक्त समयमा बामदेवजीलाई प्रतिनिधिसभामा लैजाने निर्णय भएको छ,' बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने। उपयुक्त समय कहिले हो भन्ने विषयमा भने केही खुलाइएको छैन।

बैठकमा प्रधानमन्त्री ओलीले पार्टी र सरकार सञ्चालनमा भएका कमीकमजोरीका विषयमा आत्मालोचना पनि गरेका थिए।  

प्रकाशित मिति: २०:५५ बजे, शनिबार, वैशाख २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्