नेकपा सचिवालय बैठकअघि राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
काठमाडौं, वैशाख २० : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
राष्ट्रपति भण्डारीलाई भेट्न प्रध....

काठमाडौं, वैशाख २० : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शनिबार अपरान्ह शीतलनिवास पुगेका थिए। नेकपाको सचिवालय बैठक सुरु हुनुअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेट गरेको बालुवाटार स्रोतले जनाएको छ।
प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीचको पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो। प्रधानमन्त्री ओली राष्ट्रपति निवासबाट बालुवाटार फर्किए लगत्तै नेकपाको सचिवालय बैठक सुरु भएको हो। स्रोतका अनुसार राष्ट्रपति भण्डारीको प्रधानमन्त्री ओलीले झण्डै एक घण्टा छलफल गरेका थिए।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले प्रधानमन्त्रीबाट राजीनामा दिन ओलीमाथि दबाब दिँदै आएका छन्।











