मन्त्रिपरिषद् बैठक जारी, गभर्नर नियुक्ति आज नहुने
प्रधानमन्त्री केपी शर्मा ओली भोली विमिस्टेको सम्मेलनमा थाइल्याण्ड जाने कार्यक्रम रहेकाले आज गभर्नरको नियुक्ति हुने अड्कलबाजी गरिदै आएको थियो ।
काठमाडौं, चैत १८ : मन्त्रिपरिषद बैठक जारी छ।
प्रधानमन्त्री केपी शर्मा ओली बिम्स्टेक बैठकमा सहभागी हुन मंगलबार थाइल्याण्ड जानुअघि मन्त्रिपरिषद बैठक बसेको हो। यद्यपि प्रत्येक सोमबार बैठक बस्ने भएकाले आजको बैठक नियमित हो।
मन्त्रिपरिषद्ले गर्ने निर्णयका विषयमा राष्ट्रबैंकको गभर्नर नियुक्तिको विषयलाई चासोका साथ हेरिएको छ। गभर्नर महाप्रसाद अधिकारी कार्यकाल सकेर चैत २५ देखि विदा हुँदैछन्।
उक्त पदमा उम्मेदवार सिफारिस गर्न अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा सोमबार नै समिति गठन भइसकेको छ। समितिमा अर्थशास्त्री विश्व पौडेल र पूर्वगभर्नर विजयनाथ भट्टराई छन्।
गभर्नर अधिकारीको बिदाइअघि नै सरकारले नयाँ गभर्नरको टुंगो लगाउनुपर्नेछ। यद्यपि सोमबारको बैठकले भने गभर्नरको विषयमा निर्णय नलिने भएको छ।
मन्त्रिपरिषद बैठक डाकिएपछि एजेण्डामा गभर्नर नियुक्तिको ऐजेण्डा राखिएको छैन।
प्रधानमन्त्री केपी शर्मा ओली भोली विमिस्टेको सम्मेलनमा थाइल्याण्ड जाने कार्यक्रम रहेकाले आज गभर्नरको नियुक्ति हुने अड्कलबाजी गरिदै आएको थियो ।
प्रधानमन्त्री चैत २३ गते मात्रै स्वदेश फर्कदै छैन ।
स्रोतका अनुसार आगामी चैत २५ गते सोमबार बस्ने मन्त्रिपरिषद बैठकले गभर्नर नियुक्त गर्ने सम्भावना छ। केही दिन राष्ट्र बैकले निमित्त गभर्नर पाउने देखिएको छ।