Kathmandu Press

बालुवाटारमा गणतन्त्र पक्षधर दलहरुको बैठक

बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल उपस्थित छैनन्।
बालुवाटारमा गणतन्त्र पक्षधर दलहरुको बैठक

काठमाडौं, चैत १७ : गणतन्त्र पक्षधरहरूको बैठक जारी छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आइतबार गणतन्त्र पक्षधर दलहरूको बैठक बसेको हो। बैठक प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा बसिरहेको छ।

शुक्रबार तीनकुनेमा भएको हिंसात्मक घटनाको समीक्षा गर्न सर्वदलीय बैठक बसेको हो।

बैठकमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी छन्।

यस्तै, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनमत पार्टीका अध्यक्ष सिके राउत लगायत बैठकमा उपस्थित छन्।

बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल उपस्थित छैनन्।

प्रकाशित मिति: २०:५८ बजे, आइतबार, चैत १७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्