Kathmandu Press

गणतन्त्रविरूद्ध ढुंगा हान्नेहरूसँग कुम जोडेर माओवादीले सदन चल्न दिएन: महेश बर्तौला

गणतन्त्रविरूद्ध ढुंगा हान्नेहरूसँग कुम जोडेर माओवादीले सदन चल्न दिएन: महेश बर्तौला

काठमाडौं, चैत १७ : नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले लगातार सदन अवरुद्ध गर्ने काम प्रमुख प्रतिपक्षीले गरिरहेको बताएका छन्।

आइतबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले बाहिर गणतन्त्रको पक्षमा नाराबाजी गर्ने र सदनभित्र गणतन्त्रका विरुद्ध ढुंगा हान्नेहरूसँग कुम जोडेर सदन चल्न नदिने कुराले माओवादीको राजनीतिक दृष्टिकोणप्रति नै प्रश्न खडा भएको बताएका हुन्।

Hardik ivf

उनले भने, ‘प्रमुख प्रतिपक्षले लगातार चार दिनदेखि संसद बैठक अवरुद्ध गरिरहेको छन्। प्रमुख प्रतिपक्षले लाज मान्नुपर्ने हो । प्रमुख प्रतिपक्षी दलहरुको राजनीतिक दृष्टिकोणमाथि नै अब प्रश्न चिन्ह् खडा भइसकेको छ । बाहिर गणतन्त्रका पक्षमा नाराबाजी लाउने, संसदमा गणतन्त्रका विरुद्धमा ढुंगा हान्नेहरुसँग कुम जोडेर संविधान बमोजिम यो हाउस चल्न नदिने ? ।’

साथै उनले मुलुकमा प्रकट भएका गम्भीर विषयहरूलाई सदनमा गम्भीर रूपमा छलफल गरेर पूर्वराजालाई कारवाहीको दायरामा ल्याउनका लागि साझा मत बनाउनुपर्नेमा माओवादीका कारण अवरोध सिर्जना भएको उनको जिकिर छ ।

उनले शुक्रबारको घटनाको मुख्य दोषी पूर्वराजा ज्ञानेन्द्र शाह नै भएकाले कानूनबमोजिम कारवाही गर्नुपर्ने, पूर्वराजालाई दिएको सबै सेवा सुविधा फिर्ता गर्नुपर्ने बताए ।

प्रकाशित मिति: २०:०० बजे, आइतबार, चैत १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्