सर्वदलीय बैठकमा रास्वपा र राप्रपालाई बोलाइएन
उक्त बैठकमा राप्रपा र रास्वपा दुवैलाई बोलाइएको छैन।
काठमाडौं, चैत १७ : प्रधानमन्त्री केपी ओलीले आइतबार बोलाएको सर्वदलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई बाहेक गरिएको छ।
प्रधानमन्त्री ओलीले आइतबार साँझ गणतन्त्र पक्षधर दलहरुको भन्दै सर्वदलीय बैठक राखेका थिए।
उक्त बैठकमा राप्रपा र रास्वपा दुवैलाई बोलाइएको छैन।
शुक्रबार राजधानीको तीनकुनेमा राजावादीहरूले हिंसात्मक गतिविधि गरेपछि प्रधानमन्त्री ओलीले गणतन्त्र पक्षधरहरूको बैठक बोलाएका हुन्।
प्रकाशित मिति: १८:५९ बजे, आइतबार, चैत १७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार