Kathmandu Press

रवीन्द्र र धवलशमशेरलाई राजद्रोहको मुद्दा, ४१ जनालाई लगियो अदालत

पक्राउ परेका मिश्र र राणासहित ११ जनालाई भने राज्यविरुद्धको कसुरमा समेत अनुसन्धान गरिने भएको छ।  
रवीन्द्र र धवलशमशेरलाई राजद्रोहको मुद्दा, ४१ जनालाई लगियो अदालत

काठमाडौं, चैत १७ : गत शुक्रबार भएको हिंसात्मक आन्दोलन, तोडफोड, लटुपाट र आगजनीका घटनामा पक्राउ परेका ४१ जनामाथि मुद्दा चलाउने प्रयोजनका लागि थुनामा राख्न अदालत लगिएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासँगै प्रहरी हिरासतमा राख्न थुना म्यादका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको हो।

पक्राउ परेकाविरुद्ध आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मुद्दा चलाउने तयारीसहित प्रहरीले अनुसन्धान अघि बढाएको हो।

पक्राउ परेका मिश्र र राणासहित ११ जनालाई भने राज्यविरुद्धको कसुरमा समेत अनुसन्धान गरिने भएको छ।  

अन्यलाई  संगठित अपराध, आपराधिक उपद्रव लगायतका मुद्दा चलाउने तयारी छ। 

तीनकुने घटनामै पक्राउ परेका अधिवक्ता स्वागत नेपाललाई भने प्रहरीले हाजिरी जमानीमा छाडेको छ। 

tinkune-ghatana-rabindra-mishra-(3)-ink-1743337590.jpeg

tinkune-ghatana-rabindra-mishra-(9)-ink-1743337603.jpeg

tinkune-ghatana-rabindra-mishra-(2)-ink-1743337586.jpeg

tinkune-ghatana-rabindra-mishra-(1)-ink-1743337586.jpeg

 

प्रकाशित मिति: १८:४४ बजे, आइतबार, चैत १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्