Kathmandu Press

स्वागत नेपाललाई हाजिरी जमानीमा छाडियो 

तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि प्रहरीले शुक्रबार नेपाललाई पक्राउ गरेको थियो।
स्वागत नेपाललाई हाजिरी जमानीमा छाडियो 

काठमाडौं, चैत १७ : राजसंस्था पुनःस्थापनाका लागि गरिएको संयुक्त जनआन्दोलन समितिका प्रवक्ता रहेका भद्रप्रसाद नेपाल (स्वागत नेपाल) लाई आइतबार हाजिरी जमानीमा छुटेका छन्।

तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि प्रहरीले शुक्रबार नेपाललाई पक्राउ गरेको थियो। 

उनलाई प्रदर्शनस्थलमा नदेखिएको भन्दै प्रहरीले हाजिरी जमानीमा छाडेको हो।

नेपालसँगै राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पनि पक्राउ परेका थिए।

उनीहरूलाई भने म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ।

 

प्रकाशित मिति: १८:३३ बजे, आइतबार, चैत १७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्