Kathmandu Press

फरार रहेका दुर्गा प्रसाईंको भिडिओ सन्देश- भागेको छैन, काठमाडौंमै छु

प्रसाईं भने शुक्रबार नै तीनकुनेबाट भागेका थिए।
फरार रहेका दुर्गा प्रसाईंको भिडिओ सन्देश- भागेको छैन, काठमाडौंमै छु

काठमाडौं, चैत १७ : तीनकुने प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं फरार छन्।

शुक्रबार तीनकुनेमा हिंसात्मक प्रदर्शनपछि फरार रहेका उनलाई प्रहरीले खोजिरहेको छ।

हिंसात्मक प्रदर्शनलाई समर्थन गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर  जबरा त्यही दिन पक्राउ परेका थिए।

प्रसाईं भने शुक्रबार नै तीनकुनेबाट भागेका थिए।

 उनलाई पक्राउ गर्न प्रहरीले विभिन्न युनिट खटाएको छ।

फरार रहेकै बेला प्रसाईंले फेसबुक पेजबाट भिडिओ सन्देश जारी गरेका छन्।

भिडिओ सन्देशमार्फत उनले आफू नभागेको र काठमाडौंमै भएको बताएका छन्।

'म भागेको छैन। काठमाडौंमै छु। एउटा मन्दिरमा बसेको छु,' प्रसाईंले भनेका छन्।

प्रसाईंले  भिडिओमार्फत उत्तेजित अभिव्यक्ति समेत दिएका छन्।

उनले आफूलाई सरकारले मार्ने आदेश दिएको, तीनकुनेको प्रदर्शनमा पनि आफूलाई मार्न सार्प सुटर खटाइएको लगायतका प्रमाणविहीन कुरा गरेका छन्।

प्रकाशित मिति: १७:५१ बजे, आइतबार, चैत १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्