Kathmandu Press

दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा फेरि अर्को उजुरी

मेडिकल व्यवसायी तथा राजसंस्था पुर्नस्थापनाका पक्षधर दुर्गा प्रसाईंविरुद्ध साइबर ब्युरोमा फेरि अर्को उजुरी परेको छ ।
दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा फेरि अर्को उजुरी

काठमाडौं, चैत १७ : मेडिकल व्यवसायी तथा राजसंस्था पुर्नस्थापनाका पक्षधर दुर्गा प्रसाईंविरुद्ध साइबर ब्युरोमा फेरि अर्को उजुरी परेको छ ।

प्रसाईले झूटा, भ्रामक, र जनमानसमा गलत धारणा फैलाउने अभिव्यक्ति दिएको भन्दै अधिकारकर्मी टिकाराम भुसालले काठमाडौंको साइबर ब्युरोमा उजुरी दिएका हुन् ।

Hardik ivf

प्रसाईले नेपालमा समलिङ्गी विवाह युएसएडको वित्तीय सहयोगमा लागू गरिएको भन्ने झूटा, भ्रामक अभिव्यक्ति दिएको भिडियो टिकटकमार्फत बाहिरिएपछि भुसालले झुटा सूचना प्रवाह र अदालतको मानहानीसम्बन्धी उजुरी दिएका छन् ।

उनको निवेदनमा लेखिएको छ, ‘टिकटकमार्फत नेपालमा समलिङ्गी विवाह युएसएडको वित्तीय सहयोगमा लागू गरिएको भन्ने पूर्ण रूपमा झूटा, भ्रामक, र जनमानसमा गलत धारणा फैलाउने अभिव्यक्ति दिएका छन्। यस किसिमको गलत सूचना सार्वजनिक रूपमा प्रसारण गर्नु पुर्णरुपमा कानुन विपरीत र सम्मानित सर्वोच्च अदालतले मिति २०८० असार १२ गते यौनिक तथा लैङ्गिक अल्पसंख्यक ब्यक्तिहरुको विवाह दर्ता गरिदिनु भनि सरकारको नाममा दिएको आदेशलाई लिएर अदालतको अपमान/अवहेलना समेत हो।’

उनले अदालतको आदेशप्रति अपमानजनक अभिव्यक्ति दिएका भन्दै निवेदनमा विभिन्न माग समेत राखेका छन् ।

केही दिनअघि सोही अभिव्यक्तिप्रति आपत्ति जनाउँदै मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले प्रसाईंविरुद्ध उजुरी दिएका हुन् । प्रसाईंले यौनिक तथा अल्पसंख्यक समुदायलक्षित घृणा फैलाउने अभिव्यक्ति दिएको उजुरीमा उल्लेख छ।-नेपाल न्युज बैंक

प्रकाशित मिति: १६:५४ बजे, आइतबार, चैत १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्