Kathmandu Press

१५ मिनेटका लागि स्थागित भएको प्रतिनिधिसभा बैठक साढे ३ बजेका लागि सारियाे

संसद सचिवालयले बैठक साढे ३ बजे बस्ने गरी बोलाएको छ।
१५ मिनेटका लागि स्थागित भएको प्रतिनिधिसभा बैठक साढे ३ बजेका लागि सारियाे

काठमाडौं, चैत १८ : १५ मिनेटका लागि स्थागित भएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर सारिएको छ।

संसद सचिवालयले बैठक साढे ३ बजे बस्ने गरी बोलाएको छ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक सवा १ बजेका लागि सारिएको थियो। सबा १ बजे बैठक सुरु भएलगत्तै सत्ता र विपक्षी दुवै तर्फका सांसदहरु उठेका थिए। 

दुवै पक्षका सांसदहरुबीच बैठकमा केरिबेर चर्काचर्की परेको थियो। त्यसपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि बैठक स्थागित गरेका थिए।

यता, संसदको अवरोध हटाउन सभामुख घिमिरेले दलहरूसँग छलफलमा छन्। 

प्रकाशित मिति: १५:१३ बजे, आइतबार, चैत १७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्