Kathmandu Press

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

सिंहदरबारमा बैठक बस्ने गरी साँझ ७ बजेका लागि प्रधानमन्त्री ओलीले बैठक डाकेको निजी सचिवालयले जनाएको छ। 
प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

काठमाडौं, चैत १७ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ सर्वदलीय बैठक डाकेका छन्। 

सिंहदरबारमा बैठक बस्ने गरी साँझ ७ बजेका लागि प्रधानमन्त्री ओलीले बैठक डाकेको निजी सचिवालयले जनाएको छ। 

बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका नेताहरूलाई डाकिएको छ। कांग्रेस सभापति काठमाडौं बाहिर रहेका कारण फर्केपछि बैठक बस्ने तय भएको हो। 

बैठकमा शुक्रबार काठमाडौँको तीनकुनेमा राजावादीहरूले गरेको हिंसात्मक प्रदर्शनबारे छलफल हुने भएको छ। 
 

प्रकाशित मिति: १५:०० बजे, आइतबार, चैत १७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्