Kathmandu Press

राजावादीको प्रदर्शनमा भएका घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन संसदीय समितिको निर्देशन

सभापति अम्मरबहादुर थापाको अध्यक्षतामा सिंहदरबारमा बसेको समितिको बैठकले सरकारलाई उक्त निर्देशन दिएको हो। राजावादीहरुको प्रदर्शनबाट भएका घटनाहरूको सत्यतथ्य छानबिन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशनमा भनिएको छ । 
राजावादीको प्रदर्शनमा भएका घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन संसदीय समितिको निर्देशन

काठमाडौं, चैत १७ : प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले राजावादीको प्रदर्शनका क्रममा भएका घटनाहरूको सत्यतथ्य छानबिन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएको छ।

सभापति अम्मरबहादुर थापाको अध्यक्षतामा सिंहदरबारमा बसेको समितिको बैठकले सरकारलाई उक्त निर्देशन दिएको हो। राजावादीहरुको प्रदर्शनबाट भएका घटनाहरूको सत्यतथ्य छानबिन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशनमा भनिएको छ । 

समितिले अराजक गतिविधिबाट निजी सम्पती लगायतका सरकारी सम्पतीमा गम्भीर क्षति भएको बताउँदै घटनाको सत्यतथ्य छानविन गरी संलग्न जो सुकैलाई पनि कानुनी दायरामा ल्याइ हदैसम्मको कारबाही गर्न निर्देशनमा उल्लेख छ। 

साथै, यस प्रकारका घटनाहरू पुनः दोहोरिन नदिन समयमै त्यस्ता गतिविधि नियन्त्रण गर्नेगरी सुरक्षा व्यवस्था चुस्तदुरुस्त राखि तयारी अवस्थामा रहन समेत समितिले सरकारलाई निर्देशन दिएको छ। 

समितिले सुरक्षाकर्मी लगायतका सम्पूर्ण घाइते व्यक्तिको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारको प्रभावकारी प्रबन्ध गर्न समेत सरकारलाई निर्देशन दिएको छ। 

प्रकाशित मिति: १४:५४ बजे, आइतबार, चैत १७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्