Kathmandu Press

दुवै पक्षका सांसद उठेपछि प्रतिनिधिसभा बैठक स्थगित

सत्ता पक्षका सांसदहरूले सदन सञ्चालनको माग गर्दै उठे भने प्रतिपक्षी दलका सांसद प्रधानमन्त्रीको जवाफको माग गर्दै उठेका थिए।
दुवै पक्षका सांसद उठेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं, चैत १७ : आइतबार बसेको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

सत्ता पक्ष र प्रतिपक्षी दलका सांसद उठेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको हो।

Hardik ivf

सत्ता पक्षका सांसदहरूले सदन सञ्चालनको माग गर्दै उठे भने प्रतिपक्षी दलका सांसद प्रधानमन्त्रीको जवाफको माग गर्दै उठेका थिए। सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूबीच केहीबेर चर्काचर्की भएकाे थियाे

संसदमा अवरोध हटाउनका लागि सभामुख देवराज घिमिरेले बैठक राखेका थिए । उक्त बैठकमा उनले तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार भएको भन्दै संसदमा छलफलको वातावरण बनाउन आग्रह गरे।

तर प्रतिपक्षी दलले प्रधानमन्त्रीले जवाफ नदिँदासम्म बैठक सञ्चालन गर्न नदिने अडान कायमै राखेको छ। 

यता चैत १८ मा प्रधानमन्त्रीले जवाफ दिने सूचना आइसकेकाले बैठक अवरोध गर्नु जायज नहुने भन्दै सदन सञ्चालनको मागसहित सत्तापक्षले पनि उठेर सभामुखको ध्यानाकर्षण गराएको थियो।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायतले कुलमान घिसिङ बर्खास्तीलगायतका विषयमा प्रधानमन्त्रीको जवाफको माग गर्दै संसदमा अवरोध गरिरहेका छन्।
 

प्रकाशित मिति: १३:४३ बजे, आइतबार, चैत १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्