Kathmandu Press

महानगरले हुलाकमार्फत पठायो पूर्वराजालाई जरिवानाको पत्र

निर्मल निवासले महानगरको टोलीबाट पत्र बुझ्न अस्वीकार गरेपछि महागरले हुलाकमार्फ पूर्वराजालाई पत्र पठाएको हो। 
महानगरले हुलाकमार्फत पठायो पूर्वराजालाई जरिवानाको पत्र

काठमाडौं, चैत १७ : काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र हुलाकमार्फत पठाएको छ। 

निर्मल निवासले महानगरको टोलीबाट पत्र बुझ्न अस्वीकार गरेपछि महागरले हुलाकमार्फ पूर्वराजालाई पत्र पठाएको हो। 

जरिवाना पत्र बोकेर महानगर प्रहरीको टोली आइतबार बिहान निर्मल निवास पुगेको थियो। तर, त्यहाँ खटिएका सुरक्षाकर्मी र कर्मचारीले टोलीलाई पत्र नबझी गेटबाटे फर्काइदिएको थियो। 

महानगरले गत शुक्रबार तीनकुने लगायतका क्षेत्रमा भएका प्रदर्शनका क्रममा भएको क्षतिका लागि पूर्वराजालाई ७ लाख ९३ हजार जरिवाना तोकेको छ। महानगरले विभिन्न ९ शीर्षक जरिवाना तोकेको हो। 

प्रकाशित मिति: १३:१९ बजे, आइतबार, चैत १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्