Kathmandu Press

प्रतिनिधिसभा बैठक सबा १ बजे बस्ने

बैठक सवा १ बजेका लागि सारिएको संसद सचिवलायले जनाएको छ। 
प्रतिनिधिसभा बैठक सबा १ बजे बस्ने

काठमाडौं, चैत १७ : बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठकको सरेको छ। 

बैठक सवा १ बजेका लागि सारिएको संसद सचिवलायले जनाएको छ। विपक्षाी दलहरू संसद खुलाउन सहमत भइनसकेकाले बैठक सारिएकाे हाे।

विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे सरकारको जवाफ माग्दै आएका छन्। प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने उनीहरूको अडान छ।

प्रधानमन्त्री ओलीले सोमबार संसदलाई सम्बोधन गर्ने सूचना संसद् सचिवालयमा पठाएका छन्। योसँगै सदनको अवरोध खुल्नुपर्ने आग्रह सत्तापक्षको छ।

संसद खुलाउन सभामुख देवराज घिमिरेले पहल गरिरहेका छन्। उनले शुक्रबार तिनकुनेमा भएको घटनाबारे संसदमा छलफल हुनुपर्ने भएकाले अवरोध हटाउन उनले आग्रह गरेका छन्। 
 

प्रकाशित मिति: १३:०५ बजे, आइतबार, चैत १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्